काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेका छन् । मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति समि�. . .
काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइर�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समित�. . .
विराटनगर । मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ । उर्लाबारीमा सुशील लिम्बू मृत फेला उर्लाब�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उन. . .
विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनीहरु भेटिएको स्थानलाई प्र�. . .
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।यस्तै, कृषि तथा पशुपन�. . .
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिन नहुने बताएकी छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनका अनुसार बहुविबाह फौजदारी अपराधक. . .
विराटनगर । विराटनगर महानगरपालिका–१८ अन्तर्गत लावघाट जाने मुख्य सडक वर्षा सुरु भएदेखि नै हिलो र फोहोरले भरिँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ। वर्षाको पानीसँगै सडक जलमग्न र चिप्लो बन्ने गरेकोले बालबालिका, वृद्धवृद्धा, विद्यालय तथा कार्यालय जानुपर्ने नागरिकहरूलाई जोखिम मोलेर हिँड्न बाध्य ब. . .
विराटनगर । नेपाल सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने आशयको कानुनी मस्यौदा अघि बढाएको विरोधमा विराटनगरमा त्यसको विरोध गरिएको छ । सोमबार ट्राफिक चौकमा मस्यौदाको विरोध गर्दै प्रदर्शन गरिएको हो । ट्राफिक चोकमा आयोजित कार्यक्रममा महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, गैर–सरकारी संस्थाका प्रतिनिध�. . .
इन्दु साह विराटनगर । उमेरले सताब्दी पार गरिसक्नु भएका कृतिराज गिरी अहिले पनि स्वास्थ्य हुनुहुन्छ । जीवनशैलीको दृष्टिकोणले समाजका लागि प्रेरणाका स्रोत बन्नु भएका गिरीले सोमबार १०८ औं जन्मदिन मनाउनुभयो । वि.सं. १९७५ साल साउन १९ गते खोटाङमा जन्मिनु भएका गिरीको १०८ औं जन्मोत्सवमा परिवारजन तथा आफन्तको उ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ । अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए. . .