सम्पूर्ण समाचार

केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चला. . .


गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

गाजा क्षेत्र। इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएक. . .


प्रतिनिधिसभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । मंगलबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रह�. . .


आइपीएल : लगातार तेस्रो जितसहित राजस्थान शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ । घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ . . .


विराट गोल्डकप : चर्च व्वाईज युनाइटेडलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाईज युनाइटेडलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २. . .


बागमती मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् । प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो । मुख्यमन्त्री जम्कट्टेलको आफ्नो दल माओवादी केन�. . .


भर्ना खुल्ने बेला विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवाद

विराटनगर । भर्ना खुल्ने बेला हुन लागेपछि विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवादमा फसेका छन् । विराटनगर–८ को बालबाटीका स्कुलका सञ्चालक राजन छाराहाङ्ग र विराटनगर–१० को नेशनल एकेडेमीका सकलदेव साहबीच लेनदेन विवाद चुलिएको हो। गत भदौमा बालबाटीका स्कुल नेशनल एकेडेमी सञ्चालक साहले खरिद �. . .


हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उहाँले सुनाउनुभयो । पुनहिलबाट आँखैअघि देखिने हिउँचु�. . .


स्थानीय चुनावलाई प्रयोग गर्न खोज्दा चन्द समूहमा समस्या

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन् । अन्य दलहरुभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए । काठमाडौंमा सोमबार आयोजित शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरुले स्थानीय �. . .


प्रदेश सांसदको मोबाइल नम्बर गलत भएपछि…

हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन प्रदेशसभा सदस्य तथा संसादहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ । डायरीमा राप्रपा पार्टीबाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमती प्रदेश सरकार. . .


घुसको रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

काठमाडौं । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घुससहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही माग दाबी गर्दै मुद्दा दायर गरेको हो । लेखापाल निरौलालाई सेवाग्रहीबाट �. . .