सम्पूर्ण समाचार

नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्�. . .


टस हारेर पहिला बलिङ गर्दैै नेपाल

काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ । आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् । नेपालले फास्ट बलिङमा करण केसी र नन्दन याद�. . .


सदा झैं निर्वाचनले छोएन विराटनगरका मुद्रण उद्योगलाई

विराटनगर । निर्वाचनको समय नजिकीएसँगै रातभर काम गर्नुपर्ने विराटनगरका मुद्रण उद्योग यस पटक चुपचाप छन् । सदा झैं राजनीतिक दलले निर्वाचन प्रचार सामाग्री बनाउन हौसिएका छैनन् । निर्वाचन प्रचारको काम आगामी फागुन ४ गतेदेखि सुरु हुँदैछ । तर, मुद्रण उद्योगका लागि दिनुपर्ने अर्डर अहिलेसम्म दिइएको छैन । पहिल�. . .


दलका घोषणापत्रमा आर्थिक एजेण्जा खोज्दै विराटनगरका उद्योगी

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को फागुन २१ गतेको मिति नजिकीदै जाँदा दलहरुसँग निजी क्षेत्रले आफ्नो घोषणापत्रमा आर्थिक एजेण्डालाई प्राथमिकता दिन माग गरेको छ । मोरङ उद्योग व्यापार संघले संस्थागत रुपमै दलका घोषणापत्रमा आर्थिक एजेन्डा समेट्न १५ बुँदे सुझाव दिइएको हो । राजनैतिक दलहरुलाई �. . .


जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्ल. . .


कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्. . .


भूमिहीनको आवाज ओलीसमक्षः ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’

झापा । झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् । उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनी. . .


नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस स�. . .


मुम्बईको वानखेडे स्टेडियममा एकता प्रस्तुत गर्न नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्रीको शुभकामना

विराटनगर । तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीप्रति हौसला दिन नेपालमा प्रधानमन्त्रीदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसम्म सक्रिय भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलिलाई शुभकामना दिदैं खुशी व्यक्त गरेकी छिन् । ‘मुम्बईको वानखेडे स्टेडियममा . . .


बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र म�. . .


राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को. . .


कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाक�. . .