स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरो�. . .


अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो । नयाँ कोभिड-१९ मामिला�. . .


सुरक्षित रुपमा सुत्केरी हुनेलाई पोषण खाद्य सामग्री वितरण

कञ्चनपुर । बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई लक्ष गरी शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ । मातृ शिशु मृत्यु दरमा कमी ल्याउन र घरमै सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्र. . .


दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ �. . .


भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन �. . .


क्यान्सर पिडित विराटनगरका पत्रकार पौडेल दुईवर्षपछि पुर्ववत जिम्मेवारीमा

विराटनगर । स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत समाचार प्रमुख कमल पौडेललाई सोमबार एक कार्यक्रमका बीच मकालु टेलिभिजनले स्वागत गरेको छ । क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत थिए । क्यान्सरलाई परास्त गरेर पूर्ववत् अवस्थामा फर्किएपछि टेलिभिजनले औपचारिक कार्यक्रम गरेर पौड�. . .


चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

चितवन । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ . . .


विराटनगरमा १० सहित प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । ४२३ जनाको पीसीआर र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः २५ र २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्�. . .


सम्भावनाहरुलाई सफलतामा बदल्दै विराटनगरको आर्या न्यूरो अस्पताल

विराटनगर । विराटनगरको कञ्चनबारीस्थित रहेको आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ । जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो । पछिल्लो १ महिनाको अवधिमा आर्या न्युरो अस्पतालले दुईजना जटिल. . .


‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’

चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पता�. . .


हुम्ला जिल्ला अस्पतालमा टुकि बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

सिमकोट । हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्य�. . .


जिल्ला अस्पतालमा आउँदैनन् बिरामी

जलेश्वर । अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ । स�. . .