स्वास्थ्य

काठमाडाैंबाट बाहिरिनेलाई बस छुट्ने पाँचस्थानमा आजबाट खोप दिन सुरू

गोरखापत्र अनलाइन काठमाडौं । तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे । त्यसका लागि काठमाडाैंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा. . .


धवलागिरि अस्पतालमा जीवनजल अभाव

धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदे. . .


दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अह. . .


बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक. . .


भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ । भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरल�. . .


बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो । त. . .


कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको छ । उहाँले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिनु. . .


सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसँैंतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्व. . .


माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ । कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो । यसअघि दिउँसो एक बजे खोप आउ�. . .


चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् । कोरोनाभाइ�. . .


के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ?

लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ। यसै सन्दर्भमा लौर�. . .


दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेन�. . .