स्वास्थ्य खबर

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ । आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी का�. . .


विराटनगरको कोशी अस्पताल र विभिन्न वृद्धाश्रमलाई स्वास्थ्य उपकरण हस्तान्तरण

विराटनगर । जोशिला निर्माण सेवाका संस्थापक शम्भु राज जोशीको तेस्रो पुण्यतिथिको अवसरमा उनको परिवारले विराटनगरका विभिन्न अस्पताल र सेवा आश्रमहरुलाई आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उनको परिवारको तर्फबाट श्रीमती रेणु जोशी, छोरा विनायक राज जोशी तथा छोरीहरु शर्मिला जोशी बिष्ट र प्रमिला जोश�. . .


पछिल्लो २४ घण्टामा देशभर थप १८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ३ सय ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ सय ६० छ ।  . . .


दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजार सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा ३ लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले पछिल्�. . .


भारतमा कोरोनाका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा हाल सक्रिय सङक्रमितको सङ्ख्या २३ हजार ८७ पुगेको अधिकारीले जनाएका छन् । सक्र. . .


नोबेलमा पुनः सुरु भयो इआरसीपी : मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पथरिया निकालिँदै

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सा. . .


दक्षिण कोरियामा दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८ सय ८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख २७ हजार २ सय ४७ पुगेको छ । को. . .


पछिल्लो २४ घण्टामा देशभर ४४ संक्रमित थपिए, एक जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ८८ छ । पछिल्लो २४ घण्. . .


भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्या. . .


अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९�. . .


भारतमा २४ घण्टामा थप १५ सय ४९ जनामा सङ्क्रमण

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा तीन लाख ८४ हजार ४ सय ९९ को कोरोना परीक्षण गरिएकोमा �. . .


कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी-एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचा�. . .