देशको खबर

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर. . .


संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्. . .


तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षांैदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डि. . .


त्रिशूली जलविद्युत् कम्पनीको शेयरका लागि ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा एक लाख ५�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

अन्नपूर्ण (कास्की) । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेम. . .


नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको किन बढ्यो चासो

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सा. . .


प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानु�. . .


सानिमा बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करिब ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० . . .


अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्नुभएकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय हुनुहुन्थ्यो । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उहाँ नेपाली सम�. . .


प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परे�. . .


मनाइयो काग तिहार

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयो. . .


रहिनन् वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो । वरिष्ठ समाजसेवी श्रेष्ठमा श्व. . .