देशको खबर

यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्. . .


सर्लाहीबाट स्रोत नखुलेको ५ लाख नगद सहित एक जना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँद. . .


जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.२ लाख ५�. . .


महोत्तरीमा पोखरीमा बालकको शव भेटियो

जलेश्वर । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बाल�. . .


चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो

चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जि�. . .


साप्ताहिक मौसम : अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई अधिकांश भूभागमा हल्क�. . .


कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

विराटनगर । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासन गर्नका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन�. . .


गोरुको मासुसहित तीनजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् । कार्यालयका सूचना अधिका. . .


प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौं । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बा. . .


माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राज�. . .


‘नागरिकता नपाएका युवाको समस्या बुझौँ’

काठमाडौं । हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशो. . .


राष्ट्रियसभा बैठक : विभिन्न विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । गृहमन्त्री खाणले दलीय सह�. . .