देशको खबर

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक-एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्�. . .


मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फ�. . .


पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त वक्तव्य : आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द होस्

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द हुनुपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीहरुले शनिबार संयुक्त वक्तव्यमार्फत यस्तो अपिल गर्नु भएको हो । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट. . .


आफ्नै भाइको हत्या आरोपमा दाजु पक्राउ

आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् । गत बुधबार घरमा कूलदेवताको स्थान र पूज�. . .


यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती

राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल �. . .


अवैध घरेलु हतियारसहित भारतीय पक्राउ

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्व�. . .


कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २:०० बजे बस्ने बैठकमा पार्टीको १४औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्ग�. . .


प्रधानमन्त्रीको हत्या गर्ने आशयको अभिव्यक्ति दिने वैद्यलाई आत्मालोचना गर्न काँग्रेसको निर्देशन

बागमती प्रदेशसभा बैठकमा शुक्रबार कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको आसयको अभिव्यक्ति दिएपछि उनलाई आत्मालोचना गर्न नेपाली काँग्रेसले निर्देशन दिएको छ । वैद्यले प्रधानमन्त्री ओली विरूद्ध आफु नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से मह�. . .


आर्थिक गतिविधि अगाडि बढाउने पूर्वतयारीमा लाग्न ७७ जिल्लामा गृहको परिपत्र

गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रश. . .


पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको छ । दिउँसो १२:०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स�. . .


लक्षित समूहका नागरिकले नै पाएनन् कोरोनोविरुद्धको खोप

सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् । सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गरा�. . .


कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् । उनले चलाएको गोली कसैलाई. . .