देशको खबर

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भार�. . .


प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले. . .


खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पा�. . .


राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा आँखा चिम्�. . .


चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । �. . .


सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको �. . .


मधेस प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्�. . .


शेयर निष्काशन ६ महिनापछि गर्न सुझाव

रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउन�. . .


दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको श. . .


रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल पर�. . .


सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु

सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जना. . .