देशको खबर

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

काठमाडौँ । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानक�. . .


भाखा नाँघेको तीस दिनभित्र साँवा, ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । . . .


विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय अब पूरानो तरिकाले चल्न सम्भव नरहेको बताउनुभएको छ । उहाँले २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिने गरी विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपाल �. . .


स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै नेवि�. . .


शून्य समय : विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्था�. . .


सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो । ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको �. . .


सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैं. . .


यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार. . .


राष्ट्रपति चयनका लागि बालुवाटारमा बैठक सकियो, साँझ पुनःबस्ने

काठमाडौँ । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठ. . .


सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्�. . .


सर्लाहीमा रासायनिक मल वितरण

सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक. . .


एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्�. . .