देशको खबर

ओमान क्रिकेट सिरिजः यस्तो छ नेपालको टोली

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको. . .


यो साता भरिको शेयर बजार यस्तो (विश्लेषण)

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्ध. . .


प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभएको छ । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा न�. . .


सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित स. . .


तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६-७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले रु ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । दश स्थानीय तहको रु १२ अर्�. . .


गैरआवसायी नेपाली सङ्घको अध्यक्षमा आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले सन् २०२१–२०२३ कार�. . .


दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई महिनादेखि विद्युत्विहीन बनेको छ । अहिले सरकारी कार्यालयसहित. . .


वरिष्ठ कलाकार थापाको निधन

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी दिनुभयो । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभए. . .


प्रदेश २ मा लुम्बिनी जनरल ईन्स्योरेन्सको मार्केटिङ्ग सब-मिट सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश दुईमा मार्केटिङ सब-मिट सम्पन्न भएको छ । सहभागीहरुलाई मार्केटिङ्ग सम्बन्धि तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गर्नु भएको थियो । सो अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईका साथै प्रशासन प्रमुख किरण मुढभ�. . .


जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक �. . .


सञ्चालनमा आयो भोटखोला जोड्ने कोशी राजमार्ग

किमाथाङ्का सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो । उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोल�. . .


देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाही, ४ भदौ (रासस) ःसर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ �. . .