देशको खबर

सांसद चन्द्र भण्डारीकाे स्वास्थ्य सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा‍. चन्द्र भण्डारीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे छ । खाना पकाउने ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएको हो । भण्डारीलाई आज बुधवारदेखि मुखबाटै खाना �. . .


विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोली युएई जाँदै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका. . .


नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार. . .


डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिं. . .


सांसद चौधरीको निलम्बन फुकुवा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्बाध रूपमा प्रति�. . .


बाजुरा केन्द्र बनाएर ५.२ म्याग्निच्युटको भूकम्प

धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । बाजुराको विछ्या आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।. . .


सामुदायिक लघुवित्तले २१ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीबाट आकर्षक लाभांश घोषणा गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही वर्षको असार म�. . .


मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो । हाइड्रोपावरको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयका लागि छुट्याइए. . .


यस्तो छ राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवा�. . .


प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला �. . .


बाइक र ट्याक्सी चालक काममा युएई र कतार जान रोक

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृत�. . .


चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९-८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षे. . .