देशको खबर

पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह

सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहर�. . .


झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो �. . .


तिहारअघि नै सुक्यो सयपत्री

यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयपत्री र मखमली फुलहरु सुक्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ । यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा स. . .


अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य स. . .


नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेध. . .


आज १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी �. . .


जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो । कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्. . .


नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८३

१. अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा को निर्वाचित भए ? --- जो बाइडेन् [उनको सपथग्रहण जनवरी २० तारिखमा हुनेछ, साथै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित] २. वंशज विज्ञानको पिता भनेर कसलाई चिनिन्छ ? --- जर्ज मेन्डल ३. पुनर्जागरणकालका प्रथम व्यक्ति को हुन् ? --- दाँते, इटाली ४. विश्वमा कागजी नोटको सुरुवात सर्�. . .


महोत्तरीका नाका सञ्चालनमा

भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्�. . .


मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प�. . .


खाेटांगमा गाउँपालिका प्रहरीका लागि आवेदन माग, ५४ जनाको दरखास्त

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो । एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते �. . .