देशको खबर

पूर्वमा मौसम सुधार हुँदै , पश्चिममा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ . . .


चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेक�. . .


कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक शुक्रबार(आज) दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बिहिबार बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन । कार्यसम्पादन समिति�. . .


नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ �. . .


बारा दुर्घटनाका बालक भन्छन् : बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

हेटौंडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन । बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघर. . .


के तपाई उम्मेदवार बन्दै हुनुहुन्छ, योग्यताबारे थाहा पाउनुस्…

काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको . . .


समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसुचीबाट फिर्ता लिन चाहेमा यही अ�. . .


बारा बस दुर्घटना अपडेट : बाह्रको सनाखत

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्या�. . .


मधेसी समुदायमा बढ्दै दसैँको रौनक

धनुषा । केही वर्षदेखि तराई–मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दसैँ पर्व मनाउन थालेका छन् । धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दसैँको टीका थाप्दै दसैँ मनाउन थालेका छन् । समाज परिवर्तनको गतिशीलतासँगै जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाड�. . .


भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

महेन्द्रनगर (धनुषा) । खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौ. . .


अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हु�. . .


मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो. . .