देशको खबर

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट. . .


म्याग्दीका सबै मतगणनास्थल तयार

म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगण�. . .


निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैमा हार्दिक आह्वान गरेकी छन् । शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्स�. . .


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १७ लाख ४२ हजार रु�. . .


पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


सुनसान बने उपत्यकाका सडक

काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदु�. . .


आचारसंहिताको उल्लङ्घन गरेको पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।यस अवधिमा आफ्ना पक्षक�. . .


सर्लाहीबाट अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । घटना बारेमा प्रहरी. . .


कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

कञ्चनपुर । जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन स�. . .


कास्कीका एक तिहाइ मतदानस्थल अतिसंवेदनशील

कास्की । कास्कीका एक तिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । पोखरा महानगरपालिकाका वडामा रहेका मतदा�. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बझाङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसप�. . .


बाँकेमा निर्वाचनका लागि सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

नेपालगञ्ज । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् । शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ज�. . .