देशको खबर

नेपालगञ्ज र कोहलपुरमा एकै घरका दुई दाजुभाइकाे मनोनयन

बाँके । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले) को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी �. . .


विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न ला�. . .


प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबार�. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८६ हजार १ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित

रसुवा । स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक-एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दि�. . .


अप्पर सोलुले १३ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । अप्पर सोलु हाईडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीआ)को बिक्री खुला गर्. . .


चुनावी मैदानको प्रतिस्पर्धामा पत्रकार , को कहाँबाट उम्मेदवार ?

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको . . .


सर्लाहीमा आगलागी हुँदा १५ लाखको क्षति

सर्लाही । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प�. . .


लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, ध�. . .


मुस्ताङका ६ वडामा एकल उम्मेदवारी

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए। वडा नं १ को अध्यक्षमा �. . .


१ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १२:३० बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .


मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा जुटे

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् । विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने तयारीमा छन�. . .