देशको खबर

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे पत्रकार सम्मेलन गर्दैछन् । सोमबार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रीय प्रचा�. . .


अम्बिका ओली प्रतिष्ठानद्वारा सामाजिक विकासमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरू सम्मानित

विराटनगर । रुद्र गौरी/श्री अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई नगद सहित सम्मान गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको हो । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्�. . .


निर्वाचनमा राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अध. . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


गरिखानेको कथा : अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मान�. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्र. . .


कोरोना सङ्क्रमण सामान्य भएपछि पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार पुगेको �. . .


कर्णालीमा दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन सकस

सुर्खेत । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली काँग्रेसको नेत. . .


ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाध�. . .


सप्तरीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु, दुई घाइते

सप्तरीको रुपनी गाउँपालिका–५, मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रवीन्द्र यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घट. . .


तराईमा तापक्रम बढ्दो, आवश्यक सतर्कता अपनाउन आग्रह

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानमा आज पनि मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश�. . .


कञ्चनपुरमा धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

कञ्चनपुर । धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थ�. . .