देशको खबर

सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्न�. . .


फेवाताल किनारमा नव वर्ष महोत्सव हुने

कास्की । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनरूत्थानको लक्ष्यसहित फेवाताल किनारमा नववर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष�. . .


विराटनगरका उद्योगी-व्यवसायी भन्छन् : आयात मात्रै हैन सीमामा कडाई गर

विराटनगर । राजश्व प्रणालीमा जोडिएर हुने व्यापारिक प्रयोजनका वस्तु आयातमा कडाई गरिएसँगै सीमापार भारतका बजारबाट हुने अनौपचारिक कारोबार रोक्न नसके देशको अर्थतन्त्रमा झन् जटिलता थपिने उद्योगी-व्यवसायीले बताएका छन् । खुल्ला सीमाबाट भारतका बजारमा पुगेर आवश्यक सामान खरिद गरेर ल्याउनेको संख्या झन् बढ�. . .


विद्यार्थीहरु चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार र समुदायको रु. दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्था�. . .


विद्राेहीकाे हमलामा कङ्गोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभ�. . .


सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त. . .


नेपाल राष्ट्र बैंकले भन्यो–अर्थतन्त्र संकटमा छ, अत्यावश्यक वस्तुको बाहेक एलसी नखोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । बढ्दो आयातको ग्राफका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न बन्द गर्न भनेको हो । राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई आकस्मिक छलफलमा ड�. . .


नेकपा एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै

काठमाडौं । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा.भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी �. . .


निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सह. . .


नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन

विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .


अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षी. . .


कपिलवस्तुमा इट्टा बनाउँदै स्कुले बालबालिका

चन्द्रौटा । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इट्टा बनाउने साँचोमा हाल्नमा उनी व्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इट्टा बनाउन व्यस्त छन् । उनी विद्यालय र कापी किताबबारे अनव�. . .