देशको खबर

टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । हाल ‘फिजिकल’. . .


थप एक सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो �. . .


राष्ट्रियसभा : दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक प. . .


जय नेपाल हलकाे कम्पाउन्ड खाेतल्दा टुकुचा खाेला भेटियाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोज्न उत्खनन गर्दा टुकुचा खोला फेला पारेको छ । बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जना. . .


संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगा�. . .


निर्वाचनमा एमालेले हार्न हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताउनुभएको हो । “यो निर्वाचन पहिलेको जस्�. . .


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशम�. . .


बहत्तर प्रतिशत हुलाकी राजमार्ग निर्माण

काठमाडौँ । तराई–मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि ठेक्का आह्व�. . .


अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

काठमाडौं । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात ना. . .


चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । भ्रमणको सन्देश कस्तो रह््यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्च�. . .


काठमाडौं महानगरभित्र सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आ�. . .


सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नेपालमा नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभ�. . .