देशको खबर

हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल

रत्ननगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।” स्थानीय आवश्यकताअनुसार सहमति हुन. . .


कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न. . .


जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको �. . .


मौरीपालक किसानलाई अनुदान

भजनी । कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ । व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँ मौरीको आहारा खोज्दै कहिले . . .


पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना संक्रमित थपिएका छन् । ६ हजार ९ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ४ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


नेप्से परिसूचक आज ३१ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३।४१ बिन्दुमा सिमित भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अङ्कले ओ�. . .


इस्लाम धर्मावलम्बीको रमजानको व्रत सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्त. . .


उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर�. . .


शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । ब�. . .


ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ। ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भए�. . .


जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको �. . .


विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नह. . .