देशको खबर

स्वचालित पेस्तोलसहित ठाकुरराम बहुमुखी क्याम्पसsf लेक्चरर पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गर�. . .


५० बिघामा अवैध गाँजाखेती, प्रहरीद्वारा नष्ट

चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालग�. . .


हरिबोधनी एकादशी बुधबार र बिहीबार, के छ महत्व?

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते ब. . .


पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’को मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा पर्नुभएको हो । मनोन. . .


संक्रमितको आउजाउले जोखिम भएको भन्दै त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सु�. . .


आजबाट कक्षा १२ को परीक्षा सुरु

कोरोनाभाइरसको महामारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा आज मंगलबारदेखी सुरु हुदैछ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण स्थगित भएको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न लागेको छ भने स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । आजदेखी हुन लाग�. . .


“राष्ट्रपतिको अभियानबाट गर्भवती र सुत्केरीको हवाई उद्धार”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा हुँदै आएको स्पष्ट पारेको छ । हवाई उद्धार गरिएको विषय विभिन्न व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायको पहलमा उद्धार भएको भनी विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने ग�. . .


यो सरकार रह्यो भने नेपालको जमिन फिर्ता ल्याउँछ: प्रधानमन्त्री(मन्तव्यको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबा�. . .


राहुघाट जलविद्युत्को बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेप. . .


मौसमका कारण प्रधानमन्त्रीको पुर्व यात्रा प्रभावित

प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उहाँको कार्यक्रम थियो । प्रधानमन्त्री ओली अपरा�. . .


प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो । यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, व�. . .


‘हिमालयन चितुवा’ केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ पहिलो ‘बक्सर’ हुनुहुन्छ । उहाँ हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित हुनुहुन्छ । यही मङ्सिर २८ गत�. . .