देशको खबर

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, “अब दे�. . .


‘पढ्नका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई समस्या छैन’

काठमाडौँ । अध्ययन भिसामा गएर अन्य काम नगरी अध्ययनमै संलग्न भएमा उच्चशिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको भविष्य सार्थक हुने बताइएको छ । अष्ट्रेलिया सरकारले अध्ययन भिसामा आउने विदेशी विद्यार्थीलाई अन्य काममा संलग्न हुने सम्बन्धमा कडाइ गरेसँगै अब त्यहाँ पढ्न जाँदा भिसा नलाग्ने हो क�. . .


अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ । समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्. . .


पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरु�. . .


सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

काठमाडौँ । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवद्र्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्या. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । . . .


मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिर. . .


हुँदा खाने र हुनेखानेका तीज

काठमाडौँ । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आर. . .


‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम�. . .


लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उह�. . .


निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा सो प्रदेशमा वढी देखिएको हो ।आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्. . .


विराटनगरमा २० वर्षपछि ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट हुने

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा २० वर्षपछि लाईभ कन्सर्ट गर्ने भएको छ । मानवसेवा आश्रमलाई सहयोग लागि ‘नेपथ्य’ले विराटनगरमा कन्सर्ट गर्ने भएको हो । मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाक�. . .