देशको खबर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका वडा ४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा १ स्थित जनशान्ति सामुदायिक वनमा प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार�. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा १० कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला �. . .


खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास

काठमाडौँ । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थाप�. . .


मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यत. . .


हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

बागमती । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया �. . .


गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

कास्की । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् । पोखराको रामघाट. . .


पाँचौँ दिनमा हवाई सेवा सुरु

सिमकोट । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाई�. . .


योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्. . .


विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन धुलोमुक्त अभियान

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन र . . .


अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको क�. . .


प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्य�. . .


पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना

पोखरा । पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्. . .