गलेश्वर । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै न�. . .
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताए । प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।. . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौंमा कार्यरत खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सामान्य प्रक्रियाबाट हुने कामका लागि �. . .
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । उक्त अनुदानको. . .
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१।०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोब�. . .
यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिज�. . .
फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले. . .
कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ । नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता दुई लाख ९७ हजार ३�. . .
भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् । डबल राउण्ड रोबिनको आधारमा हुने उक�. . .
काठमाडौं । तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुब. . .
काठमाडौँ । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ । सोही क्रममा बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल�. . .