देशको खबर

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र)तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र �. . .


ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता

ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ । पालिका उपाध्यक्षमा कांग्�. . .


नियन्त्रित लागूऔषध सहित पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१६ इनर्वागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३९ एम्पुल, डाईजेपाम १ एम्पुल र नुफिन ३९ एम्पुल सहित चितवन पिपले गाउँपालिका-४ बस्ने २१ वर्षीय नवराज डल्लाकोटीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहि�. . .


बाँकेका १५ वडाको मत परिणाम सार्वजनिक

बाँके । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन, जनता समाजवादी पार्टी (जसपा) ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमो�. . .


काठमाडौं महानगरपालिका–२ मा एमालेको प्यानल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला �. . .


सोमबार तेह्र मतदान केन्द्रमा मतदान जारी

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको के. . .


काठमाडौंकाे मेयरमा बालेनकाे अग्रता

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । महानगरको अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८ सय ९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३ हजार ६ स. . .


शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढ. . .


धनुषाको सात वडामा कांग्रेस विजयी

जनकपुर । धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला. . .


जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण�. . .


मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

मकवानपुर । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उप�. . .


तनहुँका २४ वडाको नतिजा सार्वजनिक

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र) ले तीन वडामा विजय हासिल गरेको छ । भिमाद–१ मा काँग्रेसका आले व. . .