देशको खबर

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपा. . .


अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको छ । यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ । मुद्द�. . .


पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), ३१ असोज:पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गर�. . .


चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालम�. . .


ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेक�. . .


मूर्ति निर्माणका लागि धातुको अभाव हुदैँ

कञ्चनपुर, ३१ असोज:भीमदत्त नगरपालिका– ८ भम्केनीधाम(तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ ।धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष क�. . .


मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भ�. . .


अझै तीन दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा म�. . .


सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारक�. . .


सशक्तिकरण र सकारात्मक विभेदको कानुन निर्माण गर्न सुझाव

विराटनगर, ३१ असोज:९ सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवासुविधा प्रदान गर्नुपर्ने प्रदेशसभा सदस्यले जोड दिएका छन् ।प्रदेश नं १, संसदीय पत्रकार मञ्चद्वारा हालै सुनसरीको बराहक्षेत्र–५ स्थित भलुवाचौरी मुसहर बस्तीमा आयोजित नागरिक संवादमा उहाँहरुले ती समुद�. . .


सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । �. . .


नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा

जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२-३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकर�. . .