देशको खबर

मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानका. . .


सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका ब�. . .


केहि दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो �. . .


प्रदेश एकमा सङ्क्रमण न्यून

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रण देखिएको थियो । प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रा�. . .


थिमिको खाँः जात्रा भनेर चिनिने कुभिण्डेजात्रा सम्पन्न

दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डेजात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ । जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोक�. . .


सप्तरीमा दुर्घटना: तीन जनाको मृत्यु

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५�. . .


मध्यरातमा हुने तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ। जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीक�. . .


हराउदै गए पिङ : आजभोली कम देखिन्छन् दशैं जनाउने पिङ

वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एकपटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दसैँको बेलामा पिङको छुट्टै महत्व हुन्छ। विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो। दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हाल�. . .


न दसैँ न त तिहार: लेकाली समुदायलाई आउदैन केहि

विजयादशमी दसैँको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार नै। त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो।समुद्र सतहद�. . .


दुर्लभ खैरो गिद्धको अनुसन्धान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान गरेको हो। जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्. . .


प्रधानमन्त्री देउवाको विजयादशमी टिका यस्तो

प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र. . .


राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गर�. . .