देशको खबर

मौसम सफा नभई उडान अनुमति नदिने क्यानको निर्णय

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।. . .


सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

बेनी । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण. . .


चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .


दुई पक्षबीच सहमति, नायिकाले भाइ सम्झेर दिईन माफी

काठमाडौं । 'कबड्डी ४' की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्द�. . .


शेयर बजार आज पनि उच्च अङ्कले घट्याे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त. . .


संघीय सरकारको बजेट : प्रदेश नं. १ मा पूर्वाधार र आर्थिक विकासका योजनाहरु प्राथमिकतामा

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्बको बजेट ल्याएको सरकारले प्रदेश नं. १ को हकमा पूर्वाधार तथा आर्थिक विकासका योजनाहरुलाई बिशेष प्राथमिकता प्रदान गरेको छ । आर्थिक वर्ष २०७९/८० सालका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले प्रदेश नं. १ मा सर्वाधिक सडक सञ्जाल विस्तार, पूर्वाधा�. . .


हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दि�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुग्नुभएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उहाँ मङ्गलबार सुर्खेत आउनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष. . .


अवैध लागूऔषध सहित पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय बिशाल सुनार र सोही नगरपालिका-९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् । ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प�. . .


पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा पक्राउ

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्‍वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । २०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्. . .


प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जानुहुँदै

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्नुहुने भएको छ । उहाँले आगामी असार ४ देखि १० गतेसम्म सं. . .


नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मानिसको मृत्यु

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरे�. . .