देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ । प्रदेश नम्बर-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य�. . .
कैलाली । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हु. . .
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय १४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
नवलपरासी (पूर्व ) । देवचुली नगरपालिका-१३ दलदलेस्थित बुलिङटार होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय केशर बहादुर अधिकारी लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूला�. . .
ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी व. . .
धादिङ । गजुरी गाउँपालिका-६ जोगिटारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-८ बस्ने २७ वर्षीय दिवश रम्तेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्. . .
प्युठान । आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त �. . .
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता ग. . .
दोलखा । आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जा�. . .
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् । पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् । निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्. . .
कैलाली । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । यसैगरी ज. . .