देशको खबर

इम्बोस्ड नम्बर प्लेट जडान बढाइने

काठमाडौँ । तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेभन्दा पनि यसको गति बढाउँदै लगिने भएको छ । सङ्घीय संसद्को संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगतमा कम्पनीस. . .


नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको न�. . .


कपासेमा जिप दुर्घटना, एकको मृत्यु चार घाइते

वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो । बा १ झ ८७८४ नम्. . .


भोलिदेखि बालबालिकालाई खोप

काठमाडौँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म. . .


मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्ल�. . .


प्राविधिक समस्या नआए असार ३२ गतेभित्र एसइईकाे नतिजा सार्वजनिक हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य �. . .


विभिन्न हातहतियार सहित पक्राउ

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ ग्यामकिरी बस्ने ६२ वर्षीय आइते तामाङलाई १ थान भरुवा बन्दुक, १० ग्राम बन्दुकमा प्रयोग हुने बारूद र ४ थान फलामको टुक्रा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले आफ्नै घरभित्र भरुवा बन्दुक लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय राम�. . .


अवैध लागूऔषध सहित तीन जना पक्राउ

पर्सा । पटेर्वासुगौली गाउँपालिका-४ अकुवा टोलबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ६८ वर्षीय रामेश्वर पन्जियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रामेश्वरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई प�. . .


पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३१ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ४ सय २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २ हजार ९ सय ३३ जनाले खोप लगाएका छन्। हाल देशभर कोर�. . .


विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय तह

वालिङ । यसवर्षको मनसुन सुरु भएकाले सम्भावित जोखिम हुनसक्ने भएकाले स्याङ्जाका स्थानीय तहहरू विपद् व्यवस्थापनमा जुट्ने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसेको बैठकले वर्षा. . .


‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ

तुलसीपुर । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस. . .


सीमामा सङ्क्रमण बढ्ने जोखिम

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घण्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलब. . .