देशको खबर

२४५ जना नयाँ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार १४० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

शिवराज ढुंगाना अछाम । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थ. . .


माओवादी केन्द्रको अधिवेशन : तीनवटा पालिकामा नयाँ नेतृत्व चयन

बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न भएको हो । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौंडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपाल�. . .


ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ । निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्. . .


सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, �. . .


दोर्दी करिडोरका जलविद्युत् आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं । हाइड्रो हबका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ । करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजन�. . .


केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै

काठमाडौं । नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरैजसो बिरामी कैदीबन्दी आउ. . .


एमालेका निर्वाचित पदाधिकारीको शपथ र पहिलो बैठक चितवनमै

शालिग्राम नेपाल सौराहा (चितवन) । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोह सौराहामै हुने भएको छ । महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचित पदाधिकारी र सदस्यको शपथ चितवनमै गर्ने तयारी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पहिलो केन्�. . .


नयाँ भेरियन्ट देखिएका देशबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने न�. . .


तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात�. . .


जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’को जनसङ्ख्या पनि समेटिने

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जन�. . .


दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी

गोकर्ण दयाल बैतडी । तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेकाे छ। बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचा. . .