देशको खबर

माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । झट्ट सुन्दा नाटकजस्त�. . .


दलालमार्फत इराक हिँडेका पाँच युवतीको उद्धार

चितवन. २० चैत ।  दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ। नेपालगञ्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज र�. . .


यस्तो पनि : आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाई पक्राउ

आफ्नै बहिनीका शव बोराभित्र लिएर हिँडेका दिदीभाईलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय. . .


भिनाजुसँग ‘लभ’ परेपछि गोली हानेर पतिको हत्या !

बुटवल, १९ चैत ।   मानिस ‘लभ’ सम्बन्धमा अन्धो भयो भने जे पनि गर्न पछि पर्दैन भन्ने कुरा बुटवलमा भएको एउटा हत्या घटनाले पुष्टि गरेको छ । चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्या गर्ने व्यक्तिलाई खोजी कार्य तीब्र बनायो ।   भिजानुसँग मिले. . .


बारा र पर्सा विपद : टेलिकमको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह

काठमाडौं चैत्र १९ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर २ को बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह गरेको छ । दूरसञ्चार प्राधिकरणले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “उक्त प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अ. . .


बारा र पर्सा क्षेत्रमा विपद : मौसमविद भन्छन “स्याटेलाइटका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर”

चाँदनी हमाल काठमाडौं, चैत १९ गते । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको वि�. . .


दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित हावाहुरी पनि चलेपछि स्थानीय त्रसित

दैलेख, १९ चैत । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । रा�. . .


राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरलाई अमर्यादित ढङ्गले सामाजिक सञ्जालमा पोस्ट गर्ने २ जना पक्राउ

काठमाण्डौ, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्न�. . .


बारा र पर्सामा विनाशकारी हावाहुरी : कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।  मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस�. . .


प्रदेश २ सरकारद्वारा राष्ट्रिय शाेककाे घाेषणा गर्न स‌ङ्घिय सरकारसँग आग्रह

जनकपुर, १८ चैत । प्रदेश दुई सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् । आइतबार राति आएको हावाहुरीका कारण बार�. . .


प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान

जनकपुर, १८ चैत ।  प्रदेश दुई सरकारले आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहान बसेको परिषदको आकस्मिक बैठकले तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हावाहुरीमा परी ३१ जनाको ज्यान �. . .


भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रु�. . .