देशको खबर

सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ/संस्थाद्वारा शनिबार यहाँ �. . .


खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक चार लाख आम्दानी

गलेश्वर । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बे�. . .


कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

टीकापुर । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भ. . .


वातावरण जोगाउनु सरकारकाे महत्वपूर्ण एजेण्डाः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । प्र�. . .


ठगी मुद्दाका फरार आरोपी काठमाडौंको नयाँबजारबाट पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी छन् । जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षी�. . .


बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद �. . .


मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भ�. . .


दाङमा रासायनिक मलको अभाव

दाङ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले �. . .


रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम(पूर्व) । रुकुम (पूर्व) मा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्रयाक्टरमा सवार दुई जनाको शुक्रब�. . .


पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ६ सय ५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा  ८२ हजार ४ सय १३ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्. . .


५० केजी अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत सितामणि थानाबेला-१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपु�. . .


राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेश

काठमाडौं । राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ । सांसद कमला पन्तले पेश गर्नुभएको सो सङ्कल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्�. . .