काठमाण्डौ भदौ २४, काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। उनका अनुसार टाटासुमोमा चेकजाँच गर्न खोज्दा उनीहरुले प्रहरीमाथ�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका ला�. . .
पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिम�. . .
बैतडी, दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको �. . .
व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा गएर नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको आजको राजधान. . .
प्रबिन दाहाल काठमाण्डौ भदौ २२ , सर्वोच्च अदालतको प्रशासकीय प्रमुखमा मुख्य रजिस्ट्रार चयन गर्ने कानुनी आधार तयार भएको छ । संसद्मा विचाराधीन सर्वोच्च अदालत ऐन संशोधन विधेयक पारित भएसँगै कानुनी रूपमा सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएको छ । नयाँ पद अनुसार अब सर्वोच्चको प्रशासकीय प्रमुख मु�. . .
सोलुखुम्बु, छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान पिसाब सङ्कलन गर्न मिल्ने चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो । शौचालयबाट सिधैँ ड्रममा सङ्कलन . . .
काठमाडौँ, मिर्गौला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा स�. . .
बनेपा। घरायसी विवादले उग्ररुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी द�. . .
दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहर�. . .
प्रबिन दाहाल आज ऋषि पञ्चमी , भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भव्यताका साथ मनाउँदैछन् । बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्. . .
दोलखा केन्द्रविन्दु भएर आज विहानै दुई वटा परकम्प गएको छ । आज बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि साउन ८ गते राति ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।. . .