देशको खबर

सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन �. . .


पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५८ मा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २सय५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८. . .


कोरोनाको निःशुल्क परीक्षण गर्न माग

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा . . .


कोरोना रोकथामको कुनै तयारी छैन महोत्तरीमा

जलेश्वर । महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन् । कोरोना सङ्क्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने ३८ किल�. . .


सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द�. . .


ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल व. . .


जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना �. . .


नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेक�. . .


प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले . . .


समूह छोडेका तीन मत्ता मात्तिने समय

चितवन । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपट�. . .


वि.सं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति, १५ गतेदेखि बजारमा आउने

काठमाडौं । वि.सं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग). . .


सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइर�. . .