देशको खबर

लागुऔषध सहित चार युवा पक्राउ

प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रह�. . .


लमजुङमा भूकम्पको धक्का

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भ�. . .


‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’

काठमाडौँ । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपालको हिमा. . .


६० लाख मूल्य बराबरको सामान बरामद

पर्सा । करिब रु.६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित. . .


बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपुर । नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभय�. . .


आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली ए. . .


‘कृषिलाई उद्योगमा बदलौँ ’ – अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्र्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताउनुभयोे । एकातिर कृषियोग्. . .


माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने

नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्न�. . .


तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो

तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु. . .


राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहका. . .


पुनः वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ �. . .


स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीः तीस प्रतिशतले गराए बीमा

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्र्तगत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार २९ दशमलव ८० प्रतिशत अर�. . .