देशको खबर

बढे लागुऔषध कोरोबारी

तुलसीपुर । इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका छन् । “हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उप. . .


घरमा आगलागी हुँदा सात लाखको क्षति

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु.सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्र�. . .


मोटरसाइकल दुर्घटना मृत्यु

काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो । दुर्घटनामा गम्भी�. . .


प्याराताल विवादमाः न जलकुम्भी हट्यो न विवाद टर्‍यो

पुर्नवास, कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–९ स्थित प्याराताल संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको छ । आफ्नो भूमिमा पर्ने भन्दै भारतीय पक्षले विगत लामो समयदेखि विवाद सिर्जना गर्दै आएको सो ताल पछिल्लो समय संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको हो । तत्कालीन जिल्ला विकास . . .


हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

हुम्ला । हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका ला�. . .


प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन्। तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अ. . .


नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् । मह. . .


हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

नवलपरासी । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवा�. . .


चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तया�. . .


जीप दुर्घटनामा एकको मृत्यु

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी ब�. . .


जिल्ला कारागार निरीक्षण

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार दार्चुलाको निरीक्षण गर्नुभएको छ । प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने उद्देश्यअन्तर्गत जिल्ला कारागारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताउनुभयो । अहिले प्रदेशभरि. . .


ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दीे

कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७-७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याल�. . .