देशको खबर

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११:४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घा. . .


अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना संदेश व्यक्त

विराटनगर। आकृति रानी फुयल| अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालि बहिरा दिदीबहिनी तथा दाजुभाईहरुलाई शुभकामना शन्देश ब्यक्त गरेका छन् । साथै संदेशमा प्रधानमन्त्री देउबा भन्छन् ,' नेपालमा पनि सांकेतिक भाषाको सुरुवात भएको �. . .


एकीकृत समाजवादीको महासचिवमा डा. वेदुराम भुसाल

विराटनगर । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा. वेदुराम भुसाल आउने भएका छन् । बिहीबार बिहान बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने सहमति गरेको हो । अब बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको सहमति सहितको प्रस्ताव पेश गरेर भुसाललाई महासचि�. . .


सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन निर्माण

वीरगञ्ज। पर्सा जिल्ला अन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रति बोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख �. . .


नेपालको एसियन कप खेल्ने सपना अधुरै

हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपाल�. . .


आज कांग्रेस पदाधिकारी बैठक बस्ने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३:०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उहाँका प्रमुख स्वकीयसचिव. . .


देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ६ सय. . .


नेपाली धावक पार्की जर्मनी जाने, आज विदाई गरियो

काठमाडौँ। जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो । दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमा�. . .


खाद्य बिज्ञान र प्रविधीको नवौं सम्मेलन, फुड कन्फरेन्समा बिद्यार्थीहरुलाई दर्ता आव्हान

खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजीहरु भइरहेका छन् । यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य बैज्ञानीक तथा प्राविधीक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ । यस विषयमा �. . .


अन्तर्राष्ट्रिय शान्ति दिवस

प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति. . .


आजबाट सोह्र श्राद्ध, पितृको लागि समर्पण

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर�. . .


मोरगंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनु�. . .