देशको खबर

पाचौं दिनसम्म पनि उद्धार नहुदाँ घटनास्थल र आसपासमा दुर्गन्ध फैलियो

महानगर पालिकाका कुचिकार रामबहादुर वाइवाको दैनिक अचेल काम गरेर बित्छ, गन्ध मार्ने रसायन मिसिएको पानीको फोहरा धरहराको भगवशेषमा हालिरहनु । यति गर्दा पनि गन्हाएको गन्हायै छ, बुधबार अपरान्ह फोहरा फोल्दाफाल्दै उनले भने । प्रहरीका अनुसार धरहराको भग्नावशेष खोतलेर हालसम्म ६० शव निकालिएको छ । पाचौं दिनसम्म �. . .


‘बाँच्नका लागि आफ्नै पिशाव पिएँ’ – ऋषि खनाल

  काठमाडौं, वैशाख १६ नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो। उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन्। उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ।’ उनले उद. . .


अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्दै अफवाह फैलाउने तीन जना पक्राउ

- नेपाल प्रहरीले ‘अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरी जनमानसमा त्रास, आतंक फैलाएको आरोपमा नेपाली हेडलाइन्स डटकमका कार्यकारी सम्पादक, डेक्स सम्पादक र कार्यकारी निर्देशकलाई पक्राउ गरेको छ ।. . .


नीजि विद्यालयले काठमाडौं बाहिर जान चाहाने यात्रुलाई निशुल्क यातायात सेवा दिने

शाख १५, काठमाडौं । विभिन्न नीजि शैक्षिक संघसंस्थाका छाता संगठनहरुले आफ्ना शैक्षिक संस्थाका सवारी साधन निशुल्क सञ्चालन गरी काठमाडौं उपत्यका बाहिर जान चाहाने यात्रुलाई यातायात सेवा दिने भएको छ । प्याब्सन, एनप्याब्सन, हिसान लगायतको आज बसेको संयुक्त बैठकले भोली विहान ७ बजे बानेश्वरबाट चितवनको नारायण. . .


ढुक्क हुनुहोस् अव ठूलो भुकम्प जाँदैन

भुगर्भविद्हरूले अव ठूलो अव ठूलो भुकम्पको सम्भावना टरेको बताएका छन् । शनिबारको महाभुकम्पको त्रास नहटिरहेका वेला उनीहरूले त्यस्तो बताएका हुन् । पटक–पटक ससाना पारा भुकम्पहरू गएका कारण पनि त्यो सम्भावना टरेको बताइएको छ । उनीहरूले अव नचर्किएका तथा सुरक्षित महसुस हुने ठाउँमा बस्न पनि सर्वसाधारणहरूलाई �. . .


काठमाडौंमा विहान ६ बजेर २४ मिनेटमा ४ दशमलव ७ रेक्टरको भुइचालो

काठमाडौ आसपासका क्षेत्र आज विहान फेरि भुकम्पको ठुलो  धक्का महसुस गरिएको छ । भुकम्पविद् सोमनाथ सापकोटा अनुसार नुवाकोटमा केन्द्रविन्दु बनाएर ६ बजेर २४ मिनेट जाँदा ४ दशमलव ७ रेक्टरको भुइचालो गएको हो ।       Radio Kantipur. . .


अाइतबार विहानै पनि भूकम्पको धक्का

१३ वैशाख, काठमाडौं । अाइतबार विहानै पनि काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।  . . .


जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउने

प्रबिन दाहाल /काठमाण्डौ सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ । चिकित्सकले जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको बताईएको छ । राष्ट्रिय जनस्वास्थ्य. . .


तीन खर्बका थोत्रा नोट जलाइए

नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै तीन खर्बबराबरका नोट (कागजी रुपैयाँ) जलाएर नष्ट गरेको छ । नेपालले २००२ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन् । चलनचल्तीमा रहेका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्�. . .


टुँडिखेलमा आजदेखि योग शिविर सुरु

काठमाडौंको टुँडिखेलमा आजदेखि योग शिविर सुरु भएको छ । भारतका प्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा सुरु भएको योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । राष्ट्रपतिले स्वास्थ्यको लागि योग महत्वपूर्ण हुने बताउनुभयो । पतञ्जली योगपीठ नेपालको आयोजनामा सञ्चालन भएको योग शिविर बिहान ५ �. . .


आज दशौं लोकतन्त्र दिवस

आज दशौं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २०६२÷६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ । १० वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्. . .


छोराको लाठी प्रहारबाट बाउ ठहरै

खाम गाबिस–४ गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको उनकै सहोदर छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहिबार मृत्यु भएको छ । सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा बेहोश भएका तुलबहादुरको उपचारको लागि  पोखरातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आव. . .