देशको खबर

नेपालमा स्वाइनफ्लुबाट १० को मृत्यु

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनपफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथाम�. . .


महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा

महोत्तरी,  साउन २४ गते। महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला पशुसेवा कार्यालय जलेश्वरमा सोमबार स्थानीय विकास अधिकारी युवराज पौडेलले डाइक्लोफेन्याक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको झण्डै ११ वर्षपछि मुक्त जिल्ला घोषणा गर्नुभएको हो । नेपाल, भारत, बंगलादेश, पाकिस्�. . .


प्रधानमन्त्री देउवाको प्रस्ताव: एकै चरणमा दुई चुनाव

काठमाडौँ,  साउन २४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।  उता निर्वाचन आयोगले दुवै चुनाव एकैपटक गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको छ । निर्वाचन आ�. . .


बागलुङमा ‘पढाऔँ अभियान’ शुरु

बागलुङ,  साउन २२ गते  । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री रामजी शर्. . .


आइसिटी अवार्डकाे शीर्ष ५ स्टार्टअपमा विराटनगरकाे जेफ्ट्वेयर साेलुसन पर्याे

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो । शीर्ष ५ मा पर्ने स्टार�. . .


कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाफल आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् �. . .


जडीबुटी उत्पादनका लागि ग्रिन हाउस

साउन २० गते । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जि. . .


वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने

रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ �. . .


भरतपुर १९ मा पुनःमतदान सुरु

भरतपुर । भरतपुर १९ मा पुनःमतदान सुरु भएको छ । जेठ १४ गते राति मतगणनाका क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो । यसअघि खसेका करिब २८ मतपत्र निर्वाचन आयोगको रोहबरमा प्रहरीले जलाइसकेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । वडा नं १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । ३ वटा मतदानस्थल तय गरिएक. . .


पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुद्वारा तालाबन्दी

काठमाडौं । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा बिहीबार ताला लगाइएको अख�. . .


भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

रत्ननगर (चितवन), साउन १९ गते  । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले प्रभावित. . .


राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त

काठमाडौँ, साउन १९ गते । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो । बैठकपछि सूच�. . .