देशको खबर

सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्रतिक शर्मा इच्छुक खलङ्गा । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई �. . .


भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथ. . .


भूकम्पपछि निजी आवास बने तर बस्ने छैनन्, अधिकांश घरमा ताला

बाबुराम शर्मा चरीकोट । गतको आम विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब छ वर्षको अबधिमा दोलखामा ६३ हजारभन्दा बढी निजी आवास पुर्ननिर्माण सम्पन्न भए तापनि करिब चार हजार घरमा ताला लगाइएको छ । गत २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिका र सात गाउँपालिकाका ७४ वडामा निर्माण भएका यहाँक. . .


प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन

नरेन्द्रसिंह कार्की दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै �. . .


मिथिलामा छठपर्वको तयारी सुरू, ताल तलैय सजाउन थालियो

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी ति�. . .


दश महिनामा नेपाल भित्रिएका मध्ये अमेरिकी पर्यटक धेरै

यस वर्षको जनवरीदेखि हालसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका थिए जसमा १५ हजा�. . .


राष्ट्रिय जनगणना : तनहुँमा ४९० गणक खटाइने

तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खट. . .


बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठक. . .


सवारी कारवाहीमा एकैदिन एक लाख बढी राजश्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो । �. . .


चिसोमा संक्रमणबाट बच्न न्यानो कपडा र खानपानमा ध्यान दिउँ

चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् । निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्कीले बत. . .


सङ्क्रमण घट्दो क्रममा

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६�. . .


पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

भीष्मराज ओझा र निरा गौतम रुपन्देही । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ । दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरुले यी पहाडलाई सख्त घाइते तु�. . .