देशको खबर

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने

चितवन । पहिरोको उच्च जोखिम बढेपछि महत्वपूर्ण मार्ग नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ । व्यवस्थापिका–संसद विकास समितिको निर्देशनपछि आजदेखि उक्त सडकमा राती गाडी चलाउन बन्द गर्न लागिएको जिल्ला प्रशासन कर्याालय चितवनले जनाएको छ । राति पहिरो खसेको नदेखिने भएकाले यस्तो गरि. . .


दार्जिलिङमा गोली चलाउँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालको दार्जिलिङमा फेरि झडपका घटना बढेका छन् ।  आन्दोलनमा रहेकाहरुलाई प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार राति एक युवाको मृत्यु भएको विषयमा झडप बढेको हो ।  बिरामी भाइलाई औषधी किन्न गइरहेका बेला स्थानीय टासी भुट. . .


प्राइम लाइफ इन्स्योरेन्सले बीमा राहत रकम दिएन

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्�. . .


नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन चाँडै हुने

काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउँदै नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन पनि चाँडै हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला �. . .


बाघको आक्रमणबाट एक बालिकाको मृत्यु

अछामको मल्लेख गाउँपालिका ८ डुङ्गीमा गएराती बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गएराति १ बजे आमासँगै सुतिरहेकी स्थानीय १३ वर्षीया पुवन भुललाई बाघले तानेर करिब १ सय मिटर टाढा लगेको थियो । बाघको आक्रमणबाट बालिकाको घटनास्थल मै मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।. . .


निर्वाचन बहिस्कार गरेका राजपा नेपालका कार्यकर्ता स्वतन्त्रबाट निर्वाचित

निर्वाचन बहिस्कार गरेका राजपा नेपालका कार्यकर्ता निसार अहमद खाँले निर्वाचन जितेका छन् । खाँ कपिबस्तुको शुद्धोधन गाऊँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले स्वतन्त्रबाट उमेदवारी दिएका थिए । खाँ १ हजार ८३७ मत प्राप्त गर्दै विजयी भए ।  उनका निटकतम प्रतिद्वन्दी पनि स्वतन्त्र उमेदवार नै थिए । स्वतन्. . .


पहिरामा पुरिएर एकको मृत्यु, पाँच बेपत्ता

प्युठान । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृत�. . .


सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठूलो सिरुबारीबाट काठमाडौँ आउँदै गरेको बा२ख२७०२ नम्बरको यात्रुबाहक बस चौतारा–वनदेउ सडकखण्डको पोखरेमा दुर्घटना भएको छ । दुर्घटनामा ६ यात्रु चिन्ताजनक अवस्थामा छन् । त्यस्तै ३० यात्रु घाइते रहेको बताइएको छ । बस बा६४प३०२६ नम्बरको मोटरसाइलसँग ठक्कर खाँदा दुर्घटनाग्�. . .


धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित

१८ असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ ।   १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए । कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हर. . .


मतगणना प्रक्रियामा को को हुनु पाउदछन ?

स्थानीय निर्वाचन भाग २ मा नेपालले बैशाख ३१ को निर्वाचन अनि त्यसको घटनापरिघटनाबाट धेरै कुराहरु सिकेको छ । मतगणनाका क्रममा भएका धाँधली अझ भनौ मतपेटिकासम्म च्यातिने अराजक कार्य पनि भएको हो । आउनुहोस आज हामी यसै पेरिफेरिमा बात मार्न चाहन्छौ, निर्वाचन सञ्चालन ऐन २०४८ अनुरुप अहिलेको निर्वाचन हनि तिनका कार. . .


जहाँ १मतले एमालेले हार्यो !!

बर्दिया, असार १७ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।. . .


झडपका कारण बुधवार स्थगित बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने

कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपाल. . .