स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोभिड १९का कुल ३ लाख ९४ हजार ६ सय ६७ जना संक्रमित मध्ये ३ लाख २ हजार ७ सय ८७ जना संक्रमितले कोरोना भाईरसलाई परास्त गरिसकेका छन् । यो कुल संक्रमितको ७६ दशमलव ७२ प्रतिशत हो । यसै गरि शुन्य दशमलव ९६ प्रतिशत संक्रमित अर्थात ३ हजार ७ सय २० जना संक्रमितको मृत्. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाईरसका ८८ हजार १ सय ६० सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । जसमध्ये प्रदेश नं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका �. . .
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् . . .
नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । ‘अहि�. . .
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख. . .
सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका स�. . .
तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आ�. . .
विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गर. . .
लमजुंग जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो । चालू आर्थिक वर्ष २०७७-०७८ को साउनदेखि चैत मसा�. . .
संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ । बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले रा�. . .
मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन । हाल देशमा बढ्दो रुपमा रहेको कोरोना महामारीका बीच पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका सुनिएको छ । धनुषामा गत शुक्रबार सुशीलादेवी मण्डलले आफ्ना पति शम्भु मण्डलको हत्या गरिन् । धनुषाको हंसपुर नगरप�. . .
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका �. . .