देशको खबर

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

काठमाडौं, माघ ९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादव�. . .


शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुटर श्याम लामा गुम्बेलाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले बताएका छन् । गुन्डा नाइके समिरमान सिंह बस्नेतको योज�. . .


सात वटा प्रदेशमा आज प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदै

काठमाडौँ,माघ ७ । सात वटा प्रदेशमा आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदैछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सात वटै प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रदेश प्रमुखहरुसँग छलफल गर्दै आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ. . .


नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै प्रर्दशन

वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ । सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टे धर्नासहित विरोध प्र�. . .


दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश�. . .


सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला

रत्ननगर, चितवन, ५ माघ : चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाटमा सुतिरहेका उनला. . .


छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

बैतडी, माघ ५ गते । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक . . .


प्रदेश सांसदलाई प्रमाणपत्र भोलि : एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको औपचारिक नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको २२० सिटमा निर्वाचित सांसदको नाम सार्वजनिक गरेको हो । निर्वाचित सदस्यलाई आयोगले शुक्रबार प्रमाणपत्र दिने भएको छ । उनीहरूले एक �. . .


ट्र्याक्टर दुर्घटनामा भारतीय तीर्थयात्रुको मृत्यु

नवलपरासी, ४ माघ : नवलपरासीको त्रिवेणीधामको माघे औंसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ . . .


राष्ट्रिय परिचयपत्र वितरण चाडै गरिने

भउचप्रसाद यादव, काठमाडौँ, माघ ४ गते । राष्ट्रिय परिचयपत्रमा राखिने ‘सेक्युरेटी फिचर’ (सुरक्षण चिह्न) बारे सरकारले निर्णय गरेसँगै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् बैठकले गत पुस १३ गते उक्त ‘सेक्युरेटी फिचर’ बारे निर्णय गरेको थियो । कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर र�. . .


सोनाम ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, माघ ४ गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार �. . .


पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौँ (रासस) । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।  रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने  निगमका निमित्त कार्यकारी निर्देशक �. . .