विराटनगरका कवि दीपक शम्चुलाई साहित्य पुरस्कार

विराटनगरका कवि दीपक शम्चुलाई साहित्य पुरस्कार

चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ विराटनगरका कवि दीपक शम्चूचलाई प्रदान गर्ने भएको छ । कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि प्रदान गर्न लागिएको हो ।
कवि शम्चूले आवर विराटनगरसँग कुरा गर्दै पुरस्कार पाउने खबरले खुसी दिएको बताउनु भएको छ । उहाँले पुरस्कारले कविता प्रति थप जिम्मेवार बनाएको जानकारी दिनु भयो ।

यसै गरि परिषदले चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७ मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि कवि सोझो गाउँलेलाई प्रदान गर्ने भएको छ ।
दुबै पुरस्कारको पुरस्कार राशी १५ हजार पैंतालिस रुपैयाँ रहेको छ।
उक्त दुबै पुरस्कार १ सय ३८ औं लेखनाथ जयन्तीका अवसरमा पुस २४ गते प्रदान गर्ने चितवन साहित्य परिषद्ले सार्वजनिक सूचनामा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्