मकवानपुरको भीमफेदी-२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्य. . .
२२ मंसिर, डडेल्धुरा । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । �. . .
रुकुम, रासस । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भए । विजयी ओलीले पाँच हजार ४२७ मत �. . .
काठमाडौँ, मंसिर २२ – दोलखाको जिरी केन्द्रविन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन�. . .
प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भिक मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । शुक्रबार बिहान सम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ३ स्थानमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको छ भने लोकतान्त्रिक गठबन्धनले खाता खोल्न सकेको छैन । यता प्रदेशसभा तर्फ नेप�. . .
प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।. . .
काठमाडौं । प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ सांसदमा निर्वाचित भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए । राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प. . .
गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँबाट सुरु गरेको छ । दुईवटा निर्नाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा सुरु गरिएको छ । मतगणनाको क्रममा हुन सक्ने अवान्छित घटना हुन नदिन गोरखा सदरमुकाममा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक ल�. . .
स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको �. . .
२१ मंसिर, काठमाडौं । स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ल�. . .
काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो । सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो . . .
साँझ ५ बजेदेखि पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ । मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । सर्वदलिय बैठक सकेर पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्या�. . .