काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्�. . .
शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ । . . .
पशुपति क्षेत्रमा आज र सोमवार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना . . .
विराटनगर । शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ। इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको . . .
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानमन्त्री निवासमा खटिए तापनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भ. . .
डोटी जिल्लाकै पहिलो कोरोना मुक्त बडिकेदार गाउँपालिकामा पुनः कोरोना सङ्क्रमित देखिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय सिल गरिएको छ । योसँगै पालिकाबाट प्रदान गरिँदै आएका सम्पूर्ण कामकाज बन्द गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा उच्च �. . .
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कारण कैदी बन्दीहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली शनिवार कास्की पुगेको छ । पूर्वको इलामबाट कारागारको स्थलगत अनुगमन शुरु गरेको सो टोली झापा, सुनसरी, सिराहा, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेतहुँदै कास्की आइपुगेको हो । अन�. . .
मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रम�. . .
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थ�. . .
रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलबाट उनल�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । शुक्रबार दिएको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको हो । राज�. . .
काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाख. . .