देशको खबर

निर्वाचन गराउन अाज बाटै ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द

 मंसिर १८ – दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएका छन् भने धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचा. . .


मदिराका कारण महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्

बैतडी, १८ मंसिर , बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ ।महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्�. . .


धनगढीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

धनगढी, रासस । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार बिहान निष्क्रिय पारेको छ । प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्�. . .


गगन थापामाथि काठमाडौंमा बम आक्रमण , उनि सहित ५ घाइते

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ । काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए । उनका अनुसार . . .


मुखमा कपडा कोचेर गहना लुटियो

पाल्पा, रासस । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मं. . .


महेश बस्नेतको घरमा राखेको बम सेनाद्वारा निष्कृय

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका तर्फबाट उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा आइतबार राति बम भेटिएको छ । करिब ८ बजे बस्नेतको घरको मूल गेटमा ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर प�. . .


निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ ।मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ । राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिव. . .


कञ्चनपुरमा जंगली हात्तीको आतंक

राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको ज�. . .


माइनस ५ डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

जुम्ला, रासस । न कोलियामा बत्ती छ, न त सुताइ बसाइमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा व. . .


फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु

१७ मंसिर, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको जिप गएराति खोलामा खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको घटना�. . .


आचारसंहिता प्रतिकूल २ सय ५२ सामग्री सम्प्रेषण भएको पाइयो

काठमाडौं, मंसिर १७ – प्रतिनिधिसभा र प्रदेशसभा चुनाव २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २ सय ५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको �. . .


चितवनमा वडा कार्यालयमा बम विस्फोट

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसि�. . .