देशको खबर

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । हेलिकोप्टरको सहायता�. . .


प्रधानमन्त्रीकै पक्षमा अदालतले फैसला गर्छ : स्वास्थ्य राज्यमन्त्री

सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रधानमन्त्रीको कदमका पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताउनुभएको छ । युवा सङ्घ नेपाल कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् युवा भेलालाई सम्बोधन गर्दै राज्यमन्त्री रावतले प्रधानमन्त्रीलाई अगाडि बढ्न नदिइएपछि प्रतिनिधिसभा �. . .


नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ । कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार �. . .


नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान सक्षम भएको बताउनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री �. . .


निगमले बन्दाबन्दीमा समेत कमायो नाफा

कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको का�. . .


वातावरण, बाल तथा युवामैत्री बन्दै नमोबुद्ध

नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा गठन भएको युवा परिषद्ले वातावरणीय दीगोपनाका लागि युवा परियोजना अन्तर्गत वातावरणीय अधिकार सम्बन्धबारे नीतिगत छलफल गरेको छ । नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिम. . .


पार्टी एकताकै पक्षमा दाहाल– नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उहाँको भनाइ छ । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्�. . .


पहेँलो धातु प्रतितोला रु ७०० ले उकालो लाग्यो

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ । यस. . .


अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रह�. . .


मनकामना केबुलकार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनम. . .


जनकपुर–जयनगर रेल माघभित्रै सञ्चालनमा आउने

सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनु�. . .


राष्ट्रपतिद्वारा पुस १७ गतेलाई राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले व�. . .