देशको खबर

ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन

म्याग्दी नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि म्याग्दीको ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन भएको छ । धवलागिरि गाउँपालिकाको घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको १० शय्या क्षमताको आइसोलेशन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरेको हो । यस. . .


बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर. . .


कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

भरतपुर भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार को�. . .


विवाहले झन् फैलियो कोरोना

बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महि�. . .


पत्रकार कार्कीको निधन

काठमाडौँ नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पाद�. . .


अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारीले दियो १० लाख

सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा रु १० लाख आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले क. . .


लागुऔषध खैरो हेरोईनसहित पक्राउ

बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकामा गस्तीका क्रममा सशस्त्र प्रहरीले २५ वर्षीय नरेश जोशीलाई हिजो साँझ सात ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ । सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागि जाँच गर्दा खैरो हिरोइन फेला परेको सशस्त्�. . .


सामुदायिक वनमा बनाइएका अवैध टहरा हटाइयो

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्न बन्द गरिएको छ । निषेधाज्ञाका बेला कृष्णपुर नगरपालिका–२ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण शुरु गर�. . .


रोगभन्दा भोकको पिरलो

गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्. . .


पाँचखालका किसानलाई हाते ट्र्याक्टर वितरण

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख महेश खरेलका अनुसार किसानको ५० प्रतिशत र वडा कार. . .


घरको छतबाट लडेर महिलाको मृत्यु

सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको �. . .


महोत्तरीमा आज बिहान तीन सङ्क्रमितको मृत्यु

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताउनुभयो । उहाँका अनुस. . .