देशको खबर

एसइई स्थगन : राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीसँग माफि माग्यो

भक्तपुर, चैत ६ गते । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि . . .


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना

समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनुपरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “पूर्वप्रधानमन्त्. . .


त्रिभूवन विश्वविद्यालयका परीक्षा पनि स्थगित

कोरोनाको प्रभाव संगै एसईई साथै त्रिभुवन विश्वविद्यालयका चैत महिनामा हुने सबै परिक्षा स्थगित गरिएको छ । त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संकायका परीक्षाहरु पनि स्थगित गरिएको जनाइएको छ ।. . .


सिनेमा हल, क्लब स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाउने

काठमाडौं, फागुन ५ गते । सरकारले सिनेमाहल, सांस्कृति केन्द्रहरु, रङ्गशाला खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्पुल मनोरञ्जन स्थल डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखलेरको संयोजकत्वमा गठित कोभिड१९ संक्रमण रोकथामा तथा नियन्त्रण उच्चस्तरयी स�. . .


देशभरका होटेललाई क्वारेन्टाइन बनाउन सरकारको प्रस्ताव, व्यवसायी सहमत

कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक परे देशभरका होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने सरकारको तयारी छ । होटेललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटेल संघ नेपाल (हान) लाई अनौपचारिक रूपमा सरकारले प्रस्तावसमेत गरिसकेको छ । हानले पनि सरकारलाई जनताको स्वास्थ्यका लागि सहयोग गर्न तयार रहेको जव. . .


एक आमाको साहस : चितुवासँग लडेर छोरीको उद्धार

अमरराज नहर्की तनहुँ, चैत ५ गते । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँ�. . .


सरकारको आग्रह : बालबालिकालाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा निस्कन नदिनुहोस

काठमाडौं, चैत्र ५ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम�. . .


एसईई परीक्षा भोलीबाट सुरु हुँदै, सबै तयारी पूरा

शेषकान्त पण्डित काठमाडौँ, चैत ५ गते । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षक. . .


भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल स्थापनाको शुरुवाट

शान्ता अधिकारी चितवन,चैत ४ गते । विश्वव्यापी सन्त्रासको विषय बनेको नोभेल कोरोना भाइरसका विरुद्ध जुध्ने तयारी स्वरुप चितवनको भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल स्थापनाको शुरुआत गरिएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा मंगलबार विहान नोभल कोरोना भाइरस संक्रमण तथा रोकथा�. . .


प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउन आज मतदान हुने

जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउन आज बिहान ११ बजे मतदान हुने भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट मंगलबार बिहान मतदान प्रक्रियामा जाने निर्णय भएको हो । भदौ ५ गते नै दर्ता भएको स्थायी राजधानी तथा नामाकरण सम्बन्धी प्रस्ताव राजनीतिक सहमति नमिल्दा लामो समयसम्म ओझेलमा. . .


२० हजार घुससहित सुपरभाइजर पक्राउ

काठमाडौं । काठमाडौंको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो । न�. . .


आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो

रमेश लम्साल काठमाडौँ, चैत २ गते । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५÷. . .