देशको खबर

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपच. . .


कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : वागमतीका मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताउनुभएको छ । सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतलाई सङ�. . .


महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यच. . .


बाँकेमा १२ कोरोना सङ्क्रमित सम्पर्क विहीन

बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका न�. . .


चितवनमा पाँच किलोको बच्चाको जन्म

मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माउनुभएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठू�. . .


भदौ १५ सम्म सार्वजनिक यातायात रोक्न सरकारलाई सुझाव

काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि काठमाडौँमा कोरोनाको सङ्क्रमण दरमा तीव्र वृद्धि भएको भन्द. . .


विदेशबाट झण्डै आधा लाख नेपाली चार्टर्ड विमानबाट स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्�. . .


विवादास्पद नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ । टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आज विज्ञप्ति जारी गरी विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले संस्थाको ध्या�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८

१. नेपालको संबिधान २०७२ अनुसार नेपालको सार्वभौमसत्ता कसमा निहित रहेको छ ? ~ नेपाली जनतामा २. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? ~ प्रा.डा विश्वराज जोशी ३. राष्ट्रिय सभा अन्तर्गतको बिधायन ब्यबस्थापन समितिको सभापति पदमा दोस्. . .


अध्यागमन विभागको कर्मचारीमा संक्रमण, अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेव�. . .


महिला स्वास्थ्यकर्मीमाथी बैतडीमा कुटपिट, आरोपी युवकहरु फरार

बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको. . .


बूढीगण्डकी जलविद्युत् आयोजना : बाँकी कित्ताको मुआब्जा माग

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा दिँदा केही कित्ता छुटाएर मुआब्जा दिइएका सयौँ जग्गाधनीको पाउन बाँकी कित्ताको मुआब्जा दिनुपर्ने माग गरेको छ । समितिले आज विज्ञप्ति जारी गरी मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला . . .